वीरगंजमा खुल्यो हुन्डाईको अत्याधुनिक शोरुम

काठमाडौं । वीरगंजमा हुन्डाईकाे अत्याधुनिक शोरूम संचालनमा आएको छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि वीरगंज महानगरपालिका ११ श्रीपुर, मुर्लीमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

यस शोरुमबाट वीरगंज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवाहरू उपलब्ध गराउने कम्पनीले बताएको छ ।

यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको छ । जसले स्थानीय ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्दछ।

हुन्डाई लामो समयदेखि नेपालका सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एकको रूपमा मानिन्छ । जसले ग्राहकहरूलाई उत्कृष्ट गुणस्तरका, सुरक्षित र उच्च प्रदर्शन भएका गाडीहरू उपलब्ध गराउँदै आएको छ।

रामग्राम, नवलपरासीमा नेपालको पहिलो चारपाँग्रे गाडी असेब्ली प्लान्टको सुरुवातसँगै लक्ष्मी ग्रुपले देशको अटोमोबाइल क्षेत्रमा हुन्डाईको नेतृत्वलाई अझ बलियो बनाएको छ।


Back_to_top