काठमाडौं । भारतमा मारुती सुजुकीले उत्पादन गरेको पहिलो इलेक्ट्रीक एसयूभी ईभिटारा युरोप निर्यात सुरु भएको छ । कम्पनीले भारतमा बिक्री सुरु नगर्दै युरोप निर्यात थालेको हो ।
पहिलो लटमा २ हजार ९०० ईभिटारा एसयूभी निर्यात गरको छ । भारतको गुजरात प्लान्टमा उत्पादन भएको ईभिटारा सुरुमा युरोपका १२ देशमा बिक्री सुरु हुने भएको हो । निर्यात भएको सबै कार १२ देशमा पठाइने सुजुकी इन्डियाले जनाएको छ ।
भारतमा उत्पादन भएको ईभिटारालाई विश्वका १०० देशमा निर्यात गर्ने लक्ष्य मारुती सुजुकीले लिएको हो । अहिले निर्यात भएका इलेक्ट्रीक एसयूभी युनाइटेड किङडम, जर्मनी, फ्रान्स, सुइजरल्याण्ड, अष्ट्रिया, नर्वे, डेनमार्क, नेदरल्याण्ड, हंगेरी, आइसल्याण्ड र बेल्जीयम जाने छन् ।
सुजुकीका विभिन्न १७ मोडल विश्वका १०० देशमा बिक्री हुँदै आएको थियो । त्यहि नेटवर्कमा सुजुकीले इलेक्ट्रीक कार पनि बिक्री गर्न लागेको हो ।
मारुती सुजुकी इन्डियाका चेयरम्यान आरसी भार्गवका अनुसार कम्पनीले वार्षिक ५० हजारदेखि १ लाख युनिट ईभिटारा भारत बाहिर निर्यात गर्ने लक्ष्य लिएको छ ।

