काठमाडौं । सीएफमोटो २५० डुअल ईएफआइ मोटरसाइकल खरिद गर्दा २० हजार रुपैयाँ छुट पाइने भएको छ ।
नेपालका लागि सीएफमोटोको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले ल्याएको ‘दशैं भाइब, तिहार लाइट्स र सीएफमोटो राइड्सस्’ अफरमा यस्तो सुविधा पाइने भएको हो ।
कम्पनीले चाडपर्वको सिजनमा विशेष गरी प्रिमियम सीएफमोटो २५० डुअल ईएफआइका लागि आकर्षक प्याकेज ल्याएको हो ।
कम्पनीका अनुसार यो अफर अन्तर्गत नगद भुक्तानी गरी सीएफमोटो २५० डुअल ईएफआइ खरिद गर्ने ग्राहकहरूले तुरुन्तै २० हजार रुपैयाँ छुप पाउने छन् ।
साथै, कम्पनीले किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न चाहाने गहकलाई लक्षित गर्दै सरल फाइनन्स स्कीम समेत ल्याएको छ । यस योजनामा ग्राहकले ४० प्रतिशत डाउन पमेन्टमै २५० डुअल घर लैजान सक्नेछन् ।
त्यस्तै, आफ्नो जुनसुकै ब्राण्डको पुरानो दुईपाँग्रे सवारीसँग नयाँ सीएफमोटोका मोटरसाइक्ल साट्न सक्नेछन् । एक्सचेन्जमा बजारमै उत्कृष्ट डिल सुनिश्चित गर्दै आफ्नो पुरानो बाइकमा एक्स्ट्रा भ्यालुएसन पाउने कम्पनीले जनाएको छ ।
चाडपर्व अवधिभर सीएफमोटा २५० डुअल किन्ने गहकले उच्च गुणस्तरको प्रिमियम ह्याण्डगार्ड र प्रमाणित फुलफेस हेलमेट निःशुल्क पाउने छन् ।
आफ्नो उत्कृष्ट इन्जिनियरिङमा पूर्ण भरोसा राख्दै सीएफमोटोले २५० डुअल ईएफआईमा ५ वर्षको इन्जिन वारेन्टी दिएको छ । जसले ग्राहकलाई लामो समयसम्म ढुक्क बनाउनेछ।
सीएफमोटो २५० डुअल ईएफआइ यसको उन्नत इलेक्ट्रोनिक फ्युल इन्जेक्सन, उत्कृष्ट पावर डेलिभरी र प्रिमियम राइडिङ डाइनामिक्सका लागि निकै चर्चित छ।

