सेल्फ चार्जिङ हाइब्रिडमा आयो नयाँ ल्याण्डक्रुजर ३००, बन्यो इतिहासकै शक्तिशाली

काठमाडौं । टोयोटाले आफ्नो लोकप्रिय एसयूभी ल्याण्ड क्रुजर ३०० को नयाँ २०२७ मोडल सार्वजनिक गरेको छ । कम्पनीले जापानी बजारमा ल्याण्डक्रुजर ३०० को दुई नयाँ पावर ट्रेन विकल्पमा बजारमा ल्याएको हो ।

टोयोटाले नयाँ ल्याण्डक्रुजर सेल्फ चार्जिङ हाइब्रिड र ३.३ लिटर ट्वीन टर्बो डिजेल गरी दुईवटा पावर ट्रेन उपलब्ध गराएको हो हो । कम्पनीले पहिलो पटक साविकको ३.५ लिटर ट्वीन टर्बो भी ६ केवल पेट्रोल इन्जिन मोडल भने हटाएको छ । कम्पनीले यो पेट्रोलि इन्जिन मोडलको उत्पादन समेत बन्द गरेको छ ।

कम्पनीले नयाँ ल्याण्ड क्रुजरको सुरुअती मूल्य ६३ लाख ८० हजार जापनी येन तोकेको छ । जापानमा यसको बिक्री अक्टोबर १ देखि सुरू हुनेछ ।

नयाँ ल्याण्डक्रुजर डिजेल भेरियन्टहरू ५ र हाइब्रिड मोडल ७ सिटमा उपलब्ध छ । टोयोटाका नयाँ सेल्फ चार्जिङ हाइब्रिड मोडलमा ३.५ लिटर ट्वीन टर्बो भी ६ पेट्रोल इन्जिनसँगै एउटा इलेक्ट्रीक मोटर जडान गरिएको छ । साथै, यसमा ६.५ एम्पियर आवरको ब्याट्री जोडिएको छ । यसले ४५७ पीएस पावर र ७९० न्युटन मिटर टर्क दिन्छ, जसले गर्दा यो टोयोटाको इतिहासकै सबैभन्दा शक्तिशाली ल्याण्ड क्रुजर बनेको छ । यसमा १० स्पीड अटोमेटिक गियर जोडिएको छ ।

टोयोटाले हाइब्रिड मोडलमा इलेक्ट्रीक पावर स्टेयरिङ पनि जडान गरेको छ । जसकारण हाइब्रिड प्रणालीमा कुनै ठूलो समस्या आएमा पनि भी ६ इन्जिनकै भरमा गाडी चलाउन सकिन्छ । यो गाडी ७०० एमएमसम्म गहिरो पानीमा सजिलै गुडाउन मिल्छ ।

हाइब्रिड प्रणालीका कारण नयाँ ल्याण्डक्रुजरको तौल तौल १७० केजी बढेको छ भने इन्धन ट्यांकीको क्षमता ८० लिटरबाट घटाएर ६८ लिटर बनाइएको छ ।

त्यस्तै, यसको डिजेल भर्सनमा ३.३ लिटरको ट्वीन टर्बो डिजेल इन्जिन छ । जसले ३०३ हर्ष पावर र ७०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

टोयोटाले हाइब्रिड मोडलमा नयाँ डिजाइन गरिएको फ्रन्ट बम्पर एक्सटेन्सन, परिमार्जित फग ल्याम्प गार्निश र स्किड प्लेटतर्फ विस्तार गरिएका साइड इनटेकहरू दिइएको छ । डिजेल भर्सनको भने पुरानै बाहिरी डिजाइन यथावत राखेको छ । भेरियन्ट अनुसार १८ देखि २० इन्चसम्मका अलोय ह्वील छन् ।

नयाँ ल्याण्डक्रुजरको क्याबिनमा १२.३ इन्चका दुईवटा स्क्रीन, १४ स्पीकर जेबीएल अडियो सिस्टम, वायरलेस चार्जिङ, फ्रन्ट र रियर ड्यासक्याम, इलेक्ट्रिक पावर स्टेयरिङ जस्ता अत्याधुनिक फिचरहरू छन् । साथै, भाइरलेस स्मार्टफोन चार्जिङ, रोड टु भेहिकल कम्युनिकेसन र कोल्ड वेदर प्याकेज स्ट्याण्डर्ड फिचरका रूपमा उपलब्ध छन्।

टोयोटाले एलसी ३०० का लागि नयाँ मोडेलिस्टा प्याकेज पनि ल्याएको छ । यसमा अगाडि र पछाडिको बम्पर एक्सटेन्सन, फराकिलो फेण्डर, साइड स्टेप, टेलगेट गार्निश, रूफ स्पोइलर र विशेष २० इन्चको फोज्र्ड एल्युमिनियम उपलब्ध छ ।


Back_to_top