काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचनामा डोजर चलाएको छ ।
यसअघि सार्वजनिक सूचना जारी गरी अतिक्रमति संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । उक्त अवधिमा कसैले पनि अतिक्रमण गरी बनाइएका संरचना नहटाएपछि महानगरले आइतबार आफैंले डोजर लगाएर भत्काएको हो ।
महानगरले अक्रिममित संरचना हटाउन ३ वटा डोजर र दर्जनौं संख्यामा नगर प्रहरी परिचालन गरेको छ ।
नगरपालिकाले वडा नं. ५ लगनखेलमा रहेको नेपाल सरकारको नाममा स्रेस्ता कायम रहेको कि नंम्बर १०५ क्षेत्रफल १७–०–०–० जग्गाको फिल्ड बुकमा पोखरी जनिएको ऐतिहासिक न्हः पोखरीको जग्गामा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको हो ।

