हुन्डाईले गत वर्षको लस एन्जलस अटो शोमा देखाएको एसयूभी ‘भिजन कन्सेप्ट टी’ का थप कुराहरु बाहिर आएका छन् । हुन्डाईको पहिलो प्लगइन हाइब्रिड कन्सेप्टलाई प्यारामेन्ट्रिक डाइनामिक्स नाम दिएको छ ।
यहि डिजाइन ल्याङवेजमा हुन्डाईले अन्तर्राष्ट्रिय बजारका लागि नयाँ एलान्ट्राको विकास गरिसकेको छ । यसलाई धेरैले रुचाएका पनि छन् ।
भिजन कन्सेप्ट टी एसयूभीमा कुपे प्रोफाइल रहने छ, जसको अगाडिको भाग छोटो तर पछाडि अलि लामो झुण्डिएको जस्तो देखिएको छ ।
यसले एसयूभीलाई स्पोर्टी लुक्स दिएको छ । अगाडि बम्परमा युनिक खालको ग्रिल तथा हेडल्याम्प रहेको छ । यसमा अंग्रेजी अक्षर एलको उल्टो सेपमा हेडल्याम्पको डिजाइन देखिएको छ ।
साइडबाट हेर्दा उठेको बोनेटको फ्लो हेडल्यामबाट उठेर इलसाइड एजमा पुगेर टुङ्गाएको छ । वीचमा खाली राखेर फेरि रियर ह्वीलमा पनि स्क्वायर साइजमा बढाएको छ । पछाडि पुर्याएर अन्त्य गरेको लोरुफ लाईनले यसको साइड प्रोफाइललाई युनिक बनाएको छ ।
पछाडिबाट हेर्दा रुफ लाइनलाई स्पोइलरसँग जोडिएको जस्तो देखाएको छ । टेलगेटमा दिइएको स्पिल लुक्सले यसलाई अझ सिल्क देखाएको छ । पछाडि बम्परमा जोडिएको स्केट प्लेटको डिजाइन पनि अनौठो खालको रहेको छ ।
हुन्डाईले यस कन्सेप्टमा कस्तो प्लगइल हाइब्रिड पावरट्रेन दिने हो त्यसको विषयमा भने केही जानकारी दिएको छैन । यसको चार्जिङ पोर्ट भने पछाडि प्यानलमा रहेको देखिन्छ जहाँ चार्जिङको अवस्थामा निलो रंगको लाइट बल्नेछ ।
हुन्डाईको भिजन टीले नेक्स्ट जेनरेसन हुन्डाई टुसनको झझल्को दिएको छ । यसले नेक्स्ट जेनेरेसन एलान्ट्राको डिजाइन डाइरेक्सन पनि देखाएको छ ।


