काठमाडौं । यामाहा मोटरसाइकल किन्न चाहाने ग्राहकका लागि कम्पनीले नयाँ स्कीम ल्याएको छ । कम्पनीले कोरोनाका कारण लामो समयसम्म भएको लकडाउन केही खुकुलो भए पश्चात नयाँ अफर ल्याएको हो ।
यो योजनामा ग्राहकले विभिन्न स्कीममा मोटरसाइकल खरिद गर्न सक्नेछन् । यो योजनामा यामाहा आर १५ भी ३ खरिद गर्न विभिन्न ४ स्कीम उपलब्ध रहेको छ ।
कम्पनीले सार्वजनिक गरेको अफरमा आर १५ भी ३ शुन्य प्रतिशत डाउन पेमेन्ट, १० प्रतिशत तथा २५ प्रतिशत डाउनपेमेन्ट, शून्य प्रतिशत व्याजदर र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना अगाडि ल्याएको छ ।
यामाहा आर १५ भी ३ डबल च्यानल एबीएसको मूल्य ४ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ ।
लकडाउनका कारण सबै प्रकारका काम बन्दको असहज परिस्थितिमा मोटरसाइकल किन्न चाहने ग्राहकले तीन मध्ये कुनै एक योजना छनोट गर्न सक्ने छन् ।
शुन्य प्रतिशत ब्याजदर
शुन्य प्रतिशत ब्याजदर कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरु यो स्कीममा सहभागि हुन सक्नेछन् । यसमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । यो योजनमा मोटरसाइकल किन्नेले १ वर्ष भित्र रकम तिरिसक्नु पर्ने छ । यो योजनामा ग्राहकले मासिक १९ हजार ३७१ रुपैयाँ तिनु पर्ने हुन्छ ।
शून्य प्रतिशत डाउन पेमेन्ट
यो योजनामा ग्राहकले डाउन पेमेन्ट बिना नै मोटरसाइकल खरिद गर्न सक्नेछन् । यो योजना अन्तर्गत ३६ महिना किस्ता तिर्नु पर्ने हुन्छ । यसमा मासिक किस्ता १६ हजार ५७५ रुपैयाँ बुझाउनु पर्छ ।
३०/४० प्रतिशत डाउन पेमेन्ट
यो योजनामा स्थाइ बसोबास भएका ग्राहकले ३० प्रतिशत तथा अस्थाइ बसोबास भएका ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्नेछन् । यसमा ३० प्रतिशत डाउन पेमेन्ट गर्नेले ३६ महिना र ४० प्रतिशत डाउन पेमेन्ट गर्नेले ३० महिनामा बाकी रकम चुक्ता गर्नु पर्ने हुन्छ । यसम ३० प्रतिशत डाउन पेमेन्ट गर्नेले मासिक किस्ता ११ हजार २८१ रुपैयाँ र ४० प्रतिशत डाउन पेमेन्ट गर्ने ११ हजार १४० रुपैयाँ मासिक किस्ता तिर्नु पर्छ ।
कम्पनीले नगद छुट अन्तर्गत पुरा रकम बुझाएर बाइक वा स्कुटर किन्न चाहेमा नगद १० हजार रुपैयाँ छुट गर्ने जनाएको छ ।
यस्तो छ मोटरसाइकल
यामाहा आर १५ भी ३ मा १५५ सीसी लिक्विड सिङ्गल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९.३ पीएस पावरका साथै १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ ।
मोटरसाइकलमा भेरिएवल भल्भ एक्ट्यूएसन (भीभीए) प्रविधिको प्रयोग गरिएको छ । एबीएस सुबिधा थप गरेर कम्पनीले सार्वजनिक गरेको यो मोटरसाइकल सेग्मेन्टमा धेरै पावर भएको मोटरसाइकल रहेको छ ।
स्लिपर कल्च, गियर इन्डिकेटर, ६ स्पीड गियरबक्स, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर रहेको छ ।


