हुन्डाईले पहिलो पटक बाहिर ल्यायो माइक्रो एसयूभीको तस्विर

काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले आफ्नो नयाँ एसयूभीको तस्विर पहिलो पटक आधिकारीक रुपमा बाहिर ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको तस्विरमा एसयूभीको हेडल्याम्प र टेलल्याम्प मात्रै देखाएको हो ।

परिक्षणकाे क्रममा देिखएकाे हुन्डाईको नयाँ एसयूभी

हुन्डाईले बजारमा ल्याउन लागेको नयाँ एसयूभी ग्राण्ड आई १० नियोसको प्ल्याटफर्ममा बनिरहेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । यसलाई अबको केहि समयपछि कम्पनीले ग्लोवल प्रिमियर गर्ने तयारी गरेको छ ।

‘एएक्स वान’ कोण नेममा उत्पादन भइरहेको यो एसयूभी ४ मिटरभन्दा छोटो हुने छ । हुन्डाई भेन्यूभन्दा केहि छोटो साइजमा आउने नयाँ एसयूभी कोरियामा परिक्षणको क्रममा धेरै पटक देखिएको थियो । छोपिएको अवस्थामा देखिएका तस्विरले पनि नयाँ एसयूभी ग्लोवल प्रिमियरको लागि तयार भएको देखाउँछ ।

कम्पनीले बाहिर ल्याएको तस्विरलाई आधार मान्ने हो भने नयाँ एसयूभीमा अगाडि स्प्लीट हेडल्याम्प, बम्परमा गोलो आकारमा प्रोजेक्टर हेडल्याम्प उपलब्ध रहने अनुमान गर्न सकिन्छ ।

तस्विरमा पछाडिको लाइट पनि देखाइएको छ । ट्रायाङ्गुलर आकारमा देखिएको टेल लाइट निकै आकर्षक रहेको छ । पछाडि बम्परमा पनि थप लाइट रहने अनुमान गर्न सकिन्छ । हुन्डाईले सन् २०१८ मा उत्पादन घोषणा गरेको यो एसयूभी सन् २०२२ को सुरुवातबाट बजारमा विक्री सुरु हुने अपेक्षा गरिएको छ ।


Back_to_top