काठमाडौं । हुन्डाईले मे २१ मा आफ्नो बहुप्रतिक्षित कम्प्याट एसयूभी भेन्यू भारतीय बजारमा बिक्री सुरु गरेको हो । भेन्यूको बुकिङ भने कम्पनीले मे २ देखिन नै खोलेको थियो । भारतीय बजारमा भेन्यूको बुकिङ हालसम्म २० हजार नाघिसकेको छ ।
विशेषत भेन्यू कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाईको पहिलो इन्ट्री र थुप्रै सेग्मेन्ट फस्ट फिचरका कारण यसको चर्चा हुनु स्वभाविक हो ।
तीनवटा इन्जिन अप्सन १.२ कप्पा पेट्रोल, १.० लिटर ३ सिलिन्टर टर्बोचाज्र्ड पेट्रोल र १.४ लिटर, फोर सिलिन्डर डिजेल इन्जिन अप्सनले भेन्यूमा ग्राहकले छनोट पाउने छन् ।
नेपालको लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले पनि नाडा अटो शो २०१९ भन्दा केही अघि भेन्यूलाई बजारमा ल्याउने तयारी सुरु गरिसकेको छ ।
मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट र टाटा नेक्सन यो सेग्मेन्टका मुख्य प्रतिस्पर्धी मोडल हुन् । यी तीन वटै मोडलको बिक्री अहिले अत्याधिक रहेको छ यस्तोमा यही सेग्मेन्टमा आएको भेन्यूले आफ्नो उपस्थित बलियो बनाउने संकेट बुकिङले पनि देखाएको छ ।
संसारभर पछिल्लो दिनमा कार उत्पादकले टर्बोचाजज्र्ड इन्जिनमा गाडी ल्याउन सुरु गरेका छन् । १.० लिटर ३ सिलिन्टर टर्बो चाज्र्ड पेट्रोल इन्जिनले ११८ बीएचपी पावर र १७२ एनएम टर्क दिन्छ । ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसनमा उपलब्ध यस इन्जिनले सर्वाधिक पावर जेनेरेट गर्छ । यसको पावर १.४ लिटर डिजेल इन्जिनभन्दा पनि निकै बढी रहेको छ ।

