हुन्डाई मोटर इन्डियाले आफ्नो प्रिमियम ह्याचब्याक कार आई-२० पनि १.० लिटर टर्बो पेट्रोल इन्जिनमा ल्याउने भएको छ । कम्पनीले हालै सार्वजनिक भएको भेन्यूमा पनि १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध गराएको छ ।
त्यस्तै भेन्यूमा आएको ब्लूलिंक कनेक्टेड एप नयाँ जेनेरेसन आई-२० मा समेत उपलब्ध हुनेछ । नयाँ आई-२० मा अप्सनल रुपमा ७ स्पीड डीसीटी समेत हुनेछ । यो कार अर्को वर्षको मध्य तिर भारतीय बजारमा सार्वजनिक हुनेछ ।
हुन्डाई आई-२० भारतमा कम्पनीको बीटू सेगमेन्टमा दोस्रो धेरै बिक्री हुने कार हो । २०२० को मध्यमा बजारमा आउने नयाँ आई-२० निक्कै परिमार्जित रुपमा आउने भएकाले प्रतिस्पर्धीहरु भन्दा उत्कृष्ट हुने दाबी कम्पनीको छ ।
हुन्डाई भेन्यूमा भएको १.० लिटर टर्बो जीडीआइ पेट्रोल इन्जिनले १२० पीएस पावर र १७२ एनएम टर्क दिन्छ । यसमा ७ स्पीड डुअल क्लच अटोमेटिक र ६ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । एआरएआइका अनुसार यसले १८.२७ किलोमिटर माइलेज प्रतिलिटर पेट्रोलले दिन्छ । नेक्स्ट जेन हुन्डाई आई-२०ले पनि यस्तै पावर ट्रेनमा आउने अनुमान गरिएको छ ।

