टाटा अल्ट्रोजको टीभीसी सुट, सार्वजनिक हुने मिति नजिकियो

टाटाले ४५-एक्स अवधारणामा निर्माण गरेको अल्ट्रोज २०१९ को जेनेभा इन्टरनेशनल मोटर शोमा प्रदर्शन हुनेछ । कम्पनीले डिजेल र पेट्रोल दुबै भर्सनमा निर्माण गरेको यो मोडलको टीभीसी सुट गरेको छ । कम्पनीले गत जनवरिमा अल्ट्रोजको डेभ्यू गरेको थियो भने, अप्रिलमा टिजर सार्वजनिक गरेको थियो । 

टाटा अल्ट्रोजले मारुती सुजुकी बलेनो, हुन्डाई इलाइट आई-२० सँग प्रतिस्पर्धा गर्नेछ । अल्ट्रोज टाटाको पहिलो प्रिमियम ह्याचब्याक मोडल हो । कम्फर्ट, स्पेस, क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्सकोे कारण यसलाई उत्कृष्ट कारको रुपमा हेरिएको छ । 

नयाँ अल्फा प्लाटफर्ममा निर्माण भएको अल्ट्रोजमा विभिन्न नयाँ विशेषता दिइएको छ । यसको कुल तौल ९६१ किलोग्राम रहेको छ । यसको चेसिसमा कम तौलको मेटल प्रयोग गरिएको छ । कम्पनीले ग्लोबल एनसीएपीको परिक्षणमा अल्ट्रोजले पाँच स्टार पाउने अपेक्षा राखेको छ । यसमा आकर्षक हेडलाइट, डेटाइम रनिंग लाइट र १७ इन्चको अलोय ह्वील लगाइएको छ । 

टाटा अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको छ । यसको ह्वीलवेस २५०१ एमएम रहेको छ । 

अल्ट्रोजमा १.२ लिटर टर्बोचाज्र्ड थ्री सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । जसले ५५०० आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४००० आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसंगै एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टीभिटीको विशेषता दिइएको छ ।  यसको इन्जिनमा पाँच स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन दिइएको छ । 


Back_to_top