काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाठौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासनले बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कफ्र्यु लगाइएको हो ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरले राति १२ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।
सोमबार भएको जेनजी आन्दोलनमा राज्यले बर्बर दमनबाट १९ जनाको ज्यान गएको थियो भने ४०० बढी घाइते भएका थिए ।
जसको प्रभाव मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाको सडकमा देखिएको छ । कर्फ्यु अघि काठमाडौंका सडकमा यून मात्रमा सवारी साधन चलेका छन् । चक्रपथ बाहिर भने केही बढी मात्रमा गाडी चलेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ८ बजेसम्म काठमाडौंका सडकमा कुनै अवरोध देखिएको छैन । तर, सवारीको संख्या भने पातलो रहेको छ ।

