हुलाकी राजमार्ग निर्माणलाई भारतले गर्यो चेक हस्तान्तरण

काठमाडौं । भारत सरकारले हुलाकी राजमार्ग आयोजना निर्माणका लागि २९ करोड ३७ लाख रुपैयाँको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सोही मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

उक्त रकम हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ वटा निर्माणाधीन सडकका लागि प्रदान गरिएको हो । भारत सरकारले ती सडक बनाउन दुई अर्ब ३५ करोड रुपैयाँ प्रदान गरिसकेको छ । 

सन् १९५० देखि भारत सरकारले भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत नेपालमा राजमार्ग, सडक, पुल, विमानस्थल लगायतका पूर्वाधारहरुको विकासका लागि सहयोग गर्दै आएको छ । 


Back_to_top