काठमाडौं । भारत सरकारले प्रिमियम कार, महङ्गा मोटरसाइकल र इलेक्ट्रीक सवारीसाधन आयात सम्बन्धी करका दरहरुमा परिर्वतन गर्दै पहिलाभन्दा सहज र भन्सादर दरमा कटौति गर्ने भएको छ ।
भारतको सडक परिवहन तथा हाइवे मन्त्रालयले तयार पारेको ड्राफ्ट अनुसार सो नियमले सवारी साधनको मुल्य, इन्जिन क्षमता र स्थानिय टेस्टिङ्गलाई राहत पुग्ने भारतीय मिडियाले जनाएका छन् ।
यो नियमको कार्यान्वयन पश्चात् भारतीय कम्पनीले अन्य मुलुकबाट सहजै महङ्गा गाडी आयात गर्न सक्नेछन् । सरकारले कम्पनीहरुलाई सिंगापुर र युरोपको अन्तर्राष्ट्रिय टेस्टिङ एजेन्सीद्धारा प्रमाणित गरिएका सवारी साधन आयात गर्ने अुनमती दिएको हो ।
मन्त्रालयले तयार पारेको ड्राफ्टमा ४० हजार डलर करिब २७ लाख रुपैयाँ भन्दा बढि मुल्यका कार र ८०० सिसि भन्दा बढि इन्जिन क्षमता भएका टु ह्वीलर्स सवारी साधनलाई यो बर्गमा समावेस गरेको छ । यस्तोमा एउटा कम्पनीले प्रतिवर्ष २५ सय युनिट सवारी अयात गर्न पाउने छन् ।
यसरी आयातित सवारी साधनलाई भारतीय एजेन्सीद्धारा प्रमाणित गरिने छ । मिनिस्ट्री अफ रोड ट्रान्सपोर्ट एन्ड हाइवेले तत्काल पब्लिक डोमेनमा नीति लागु गर्ने तयारी गरेको छ ।
ड्राफ्ट नोटिफिकेशनमा भारतमा आयातित सवारी साधनको रजिष्ट्रेशन राखिने छ भने, आयातित सवारीसाधन राइट ह्यान्ड ड्राइभ हुनुका साथै अन्तर्राष्ट्रिय मापदन्ड पुरा गरेको हुनेछन् ।