काठमाडौं । मारुती सुजुकीले नयाँ कम्प्याक्ट एसयुभी ल्याउने भएको छ । गत फेब्रुअरीमा सार्वजनिक भएको कम्सेप्टका आधारमा मारुतीले नयाँ कम्प्याक्ट एसयुभी बजारमा ल्याउने भएको हो ।
नयाँ आउने जेन कार मारुतीको सफल एसयुभी भिटारा ब्रेजा भन्दा केहीमात्र सानो हुने छ । यो कार मारुती सुजुकीको कन्सेप्ट फ्युचर एसमा आधारित रहेर उत्पादन हुने छ ।
नयाँ कार निक्कै आकर्षक बनाउन लागिएको कम्पनीले जनाएको छ । नयाँ जेन एचइएआरटीइसीटी आर्किटेक्टमा डिजाइन हुनेछ, जुन डिजाइनका आधारमा भिटारा ब्रेजा र स्वीफ्ट ट्वीन बनेको थियो ।
१.२ लिटर इन्जिनमा पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध जेनको डिजेल इन्जिन भने हाइब्रिड वा इलेक्ट्रिक पावरमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त अप्सनको कार युवा पुस्तालाई लक्षित गरि निर्माण गर्न लागिएको हो । कन्सेप्ट फ्युचर एस पूर्ण रुपमा प्रयोग भएको कार भने यो दशकको अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ । अब आउने कारमा उक्त कन्सेप्टको केही कम्पोनेन्ट प्रयोग हुने छन् ।