इसुजुका पीकअप र एसयूभी किन्नेलाई युरोप टुर

काठमाडौं । जापानी सवारीसाधन उत्पादक कम्पनी इसुजु मोटरको पीकअप तथा एसयूभी खरिद गर्ने ग्राहकले बिभिन्न अफर पाउने भएका छन् । कम्पनीले नयाँ वर्ष २०७६ को लागि आकर्षक योजना ल्याएको हो । 

कम्पनीले आफ्नो सबै पीकअप तथा कारको खरिदमा आकर्षक र स्योरसट अफर योजना ल्याएको हो । उक्त अफर अन्तर्गत कार खरिद गर्ने ग्राहकलाई स्क्राचकार्ड मार्फत युरोप भ्रमण गर्ने अवसर प्राप्त गर्न सने छन् । 

नयाँ वर्षमा गाडी किन्ने ग्राहकले ‘इसुजु युरोप घुमफिर’ रमाइलो होलिडे प्याकेज प्राप्त गर्ने छन् । जसमा फ्यामेली प्याकेज, कपल प्याकेज, सिंगल प्याकेज अन्तर्गत भाग्यशाली ग्राहकले फ्रान्स, स्वीजरल्यान्ड र जर्मनी भ्रमण गर्न पाउने छन् । साथै, स्क्राच कार्डमार्फत ८ लाख ९० हजारसम्म नगद छुट पाउने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले तीन वर्षको वारेन्टीसँगै फ्री एशोसरिज र रोड ट्याक्सको दिने अफर प्रदान गरेको छ । नेपाली बजारमा इसुजुले पीकअप र एसयूभी बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top