हुन्डाई मोटर्सले २०१८ को अक्टोबरमा अल न्यू सेन्ट्रो सार्वजनिक गरेको थियो । पुरानो सेन्ट्रो उत्पादन बन्द गरेको केही वर्षमा कम्पनीले नयाँ सेन्ट्रो ल्याएको थियो ।
अक्टोबर २३ मा सार्वजनिक भएको सेन्ट्रो भारतीय बजारमा ५० हजार भन्दा धेरै बिक्री भएको छ । कम्पनीले सेन्ट्रो सार्वजनिक गर्दा भने अनुरुप अब यसको मूल्य समेत बढ्ने छ ।
हुन्डाई इन्डियाले ५० हजार अन न्यू सेन्ट्रो बिक्री भएपछि मूल्य बढाउने जनाएको छ । ५० हजार ग्राहकलाइ अल न्यू सेन्ट्रो विशेष मूल्यमा दिने कम्पनीले जनाएको थियो ।
हाल सेन्ट्रो ५ भेरियन्ट डी–लाइट, एरा, मग्ना, स्पोर्टज र आस्टामा उपलब्ध रहेको छ । यो ह्चब्याक कारको मूल्य ३ लाख ८९ हजारदेखि ५ लाख ४५ हजार भारुसम्म रहेको छ ।
इन्ट्री लेवल कारमा हुन्डाई सेन्ट्रो अटोमेटिक ट्रान्समिसनमा आउने पहिलो कार हो । यो कार कम्पनीले अपडेटेड भर्सनमा बनाएको हो । हुडाईले सेन्ट्रो निर्माणका लागि ६३ प्रतिशत हाइ स्ट्रेन्थ स्टील प्रयोग गरेकाे छ । जसका कारण यही सेगमेन्टका अन्य कारको तुलनामा सेन्ट्रो निक्कै बलियो रहेको कम्पनीको भनाइ छ
सेन्ट्रो आफ्नो सेगमेन्टमै पहिलो टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । त्यस्तै अल न्यू सेन्ट्रोमा पार्किङ सेन्सर सहितको रेयर क्यामेरा, रेयर एसी भेन्ट, इलेक्ट्रोनिकल्ली कन्ट्रोल्ड एक्सटेरियर मिरर, डूअल एयरब्याग, एबीएस वीथ इबीडीलगायत सुरक्षा विशेषता समेत रहेको छ ।
हुन्डाई अल न्यू सेन्ट्रो नेपाली बजारमा २०१९ फेब्रुअरी १४ मा सार्वजनिक भएको थियो । नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गाडी बिक्री गर्न थालेको १० वर्ष पुगेको अवसरमा उक्त कार सार्वजनिक भएको थियो ।

