सुरक्षा फिचरले भरिएर आउँदै इसुजु पीकअप

Isuzu v cross

काठमाडौं । इसुजुको डिम्याक्स पीकअपको फेसलिफ्ट भर्सन थाइल्याण्डमा सार्वजनिक भएको छ । सन् २०२४ मोडलको रुपमा सार्वजनिक भएको इसुजु पीकअप रगेड प्रोफाइलमा तयार भएको देखिन्छ ।

डिम्याक्स फेसलिफ्टको फ्रन्ट फेसियामा ठूलो परिवर्तन देखिएको छ । जहाँ व्ल्याक ग्रे र व्ल्याक क्रोम फिनिस भएको नयाँ थ्री डायमेन्सनल फ्रन्ट ग्रिल दिइएको छ ।

यसमा नयाँ इसुजु भिजन वाई एलइडी हेडलाइट, एलइडी डीआरएल समेत दिएको छ । अर्को मुख्य अपडेट भनेको बम्परमा एयर कर्टेन दिएको छ । जुन स्पोट्स कारहरुमा देख्न सकिन्छ । १८ इन्चको नयाँ डिजाइनको एलोय ह्वील र पछाडि भर्टिकल ट्रिपल आर्मोर एलइडी टेललाइट पाउन सकिन्छ ।

इसुजु डीम्याक्सको टप भेरियन्ट भी क्रसमा भने थुप्रै प्रिमियम फिचरहरु थपिएको छ । यसमा ७ इन्चको एमआइडी स्कृन, ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्ले, भेन्टीलेटेड सिट, ८ वे पावर एड्जस्टेवल ड्राइभर सिट, पीएम २.५ एयर फिल्टर पाउन सकिन्छ ।

सबैभन्दा ठूलो परिमार्जन सुरक्षा फिचरमा छ । कम्पनीले डिम्याक्स भीक्रसमा थ्रीडी इम्याजीन स्टेरियो क्यामरा सिस्टम भएको नयाँ एडास फिचर दिएको छ । यस फिचरमा व्लाइन्ड स्पट मनिटरिङ, फर्वाड कोलिजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, इबीडी सहितको टर्न असिस्ट, एडाप्टीभ क्रुज कन्ट्रोल, पेडल मिस एप्लीकेसन मिटिगेसन जस्ता फिचर समेटिएको छ ।

साथै, मल्टी कोलिजन ब्रेक, लेन डिपार्चर वार्निङ, अटोमेटिक हाइबीम, रियर क्रस ट्राफिक अलर्ट, रियर क्रस ट्राफिक ब्रेक पनि एडास भित्रै छन् ।
इसुजु डिम्याक्समा १.९ लिटर र ३.० लिटरका दुई टर्बो डिजेल इन्जिन अप्सनमा पाउन सकिन्छ । यसको सानो इन्जिनले १६३ हर्स पावर र ३६० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

त्यसैगरी ३.० लिटर इन्जिनले १९० हर्सपावर र ४५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । इसुजुको डीम्याक्समा ६ स्पीडको म्यानुअल र ६ स्पीडकै अटोमेटीक गियरबक्स दिइएको छ । दुबै इन्जिन फोर ह्वील ड्राइभ फिचरको र रियर ह्वील ड्राइभ सिस्टममा आउने छ ।


Back_to_top