जावाले तीन नयाँ मोटरसाइकल ल्याउने, नेपालमा सार्वजनिक हुने यस्तो छ तयारी

काठमाडौं । जावाले भारतीय बजार प्रबेशको एक वर्ष पुरा गर्ने तयारी गरिरहेको छ । चेक रिपब्लीकको क्लासिक ब्राण्डलाई भारतीय अटो टाइकुन महिन्द्रा एण्ड महिन्द्राले २०१८ नोभेम्बर १५ मा भारतीमा जावा ब्राण्ड सार्वजनिक गरेको थियो । 

कम्पनीका सीइओ आशिष जोशीले ‘दि हिन्दु’लाई दिएको अन्तर्वार्ता अनुसार कम्पनीले आगामी १८ महिना भित्र तीन नयाँ मोटरसाइकल ल्याउने बताए । त्यसको थप घोषणा नोभेम्बर १५ मा हुने र थप जानकारीको लागि भने केही दिन कुर्न आग्रह गरेका छन् । 

कम्पनीले अघिल्लो वर्ष घोषणा गरेको पराक मोटरसाइकल यस वर्षको नोभेम्बर १५ मा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । यसलाई कम्पनीले गत सेप्टेम्बरमा भारतमा सार्वजनिक गर्ने बताइएको थियो । तर, पछि कम्पनीले भारतमा सफलताको पहिलो वर्ष पारेर सार्वजनिक गर्ने योजना बनाएको हुन सक्ने छ । 

पराकमा ३३४ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ । जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । 

यसका अलावा कम्पनीले अन्य २ मोटरसाइकल सार्वजनिक गर्नेछ । जसमा एउटा मोडल स्क्र्याम्बलर र अर्को अफ रोड हुनेछ । अहिले पनि जावाले आफ्नो कमजोर उत्पादन क्षमताको कारण मोटरसाइकल किन्न चाहनेलाई बुकिङ्गपछि १० महिनासम्म कुराई रहेको छ ।

नेपाली प्रबेश

नेपाली बजारमा जावा ब्राण्ड आउने कन्र्फम भइसकेको छ । नेपाली बजारमा उक्त मोटरसाइकललाई अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इन्कले बिक्री वितरण गर्ने जनाइएको छ । तर, कुन मितिबाट नेपाली बजारमा यसको बिक्री सुरु हुन्छ भन्ने विषयमा अहिलेसम्म केही खुलाईएको छैन । 

‘भारतमा उत्पादन नबढ्दा नेपालमा सार्वजनिक हुने समय घोषणा हुन नसकेको हो । अबको केही महिना भित्र जावाले नेपाल प्रबेश पाउने छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो । 


Back_to_top