जावाको माेटरसाइकल किन्दा नगद छुट पाइने

काठमाडौं । जावा मोटरसाइकलले नयाँ वर्षको स्कीम सार्वजनिक गरेको । क्लासीक लेजेन्डको उपमा पाएको जावा मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नयाँ वर्षको नगद छु्ट अफर ल्याएको हो ।

यो अफरमा ग्राहकले जावाका कुनै पनि मोटरसाइकल खरिद गर्दा १५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् ।

अग्नि मोटोइंकले नेपालमा जावाका फोर्टी–टु , जावा, र पेराक मोडल विक्री गर्दै आएको छ । हालैमात्र कम्पनीले यी सबै मोडललाई बीएस ६ भर्सनमा अपग्रेड गरेको छ ।

यो अफरको जावाको सबै आधिकारिक सोरुमहरु उपलब्ध रहेको कम्पनीले बताएको छ ।

जावाको सोरुमहरु बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीमा रहेको छ ।


Back_to_top