४६१ किमि रेन्ज दिने नेक्सन इभी अर्को महिना बजारमा आउने

काठमाडौं । अहिलेको तुलनामा १० किलोवाट आवर बढी क्षमताको ब्याट्री प्याकसहित लङ रेन्ज भर्सनमा नेक्सन इभी आउने भएको छ । कम्पनीले अबको केही दिनपछि नै यसलाई बजारमा ल्याउने अनुमान सुरु भएको हो ।

अहिले टाटाले भारतीय इभी बजारमा करिब ६० प्रतिशत बजार हिस्सा ओगटेको छ भने यसलाई थप मजबुद बनाउन कम्पनीले लङ रेन्ज ल्याउन लागेको हो । भारतीय मिडियालाई टाटाले इमेल पठाएर अप्रिल ६ तारिकको दिन बुक गर्नु भनेको छ । सम्भवत त्यह िदिन नयाँ नेक्सन बजारमा आउने छ ।

नयाँ नेक्सन इभीमा ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहने छ । जसको सहयोगमा अबको नेक्सन इभीको एक पटकको फुल चार्जमा ४६१ किलोमिटरसम्म रहने दावी गरिएको छ । यद्यपि यसअघि कम्पनीले भनेको ३१३ किलोमिटर रेन्ज भने आएको छैन । नेक्सनले अहिले २२० किलोमिटर हारहारी रेन्ज दिइरहेको छ । नयाँ रेन्जले ३०० किलोमिटर क्रस गर्ने अनुमान लगाउन सकिन्छ ।

टाटाले ठूलो साइजको ब्याट्री दिन यसको फ्लोर र बुट स्पेशलाई रिडिजाइन गरेको छ । थप गरिएको ब्याट्रीको कारण यसको मूल्य बढ्नुका साथै तौल पनि करिब १०० किलोग्राम बढेको छ ।

नयाँ नेक्सन इभीमा सेलेक्टेबल रिजेनेरेशन मोड, नयाँ डिजाइनको अलोय ह्वील तथा इलेक्टोनीक स्टेबिलीटी प्रोग्राम जस्ता फिचरहरु थप हुनेछ ।


Back_to_top