जीपले आफ्नो कम्पासलाई बीएस ६ मापदण्ड अनुसार भारतमा सार्वजनिक गरिसकेको छ । कम्पनीले ल्याएको नयाँ कम्पासको डिजेल भर्सनमा अटोमेटिक गियरबक्स समेत दिएको छ ।
चाँडै कम्पनीले कम्पासको फेसलिफ्ट बजारमा ल्याउने तयारी गरिरहेको छ । यस्तोमा नयाँ कम्पासमा के के फिचर थप भएर आउने छन् भन्ने विषयमा चासो हुनु स्वभाविक हो । कम्प्नीले भारतमा कम्पासको उत्पादन सन् २०१७ बाट सुरु गरेको हो ।
नयाँ फेसलिफ्ट कम्पासमा इन्फोटेन्टमेन्ट सिस्टममा परिवर्तन हुने छ । कम्पनीले यसमा ‘यू कनेक्ट ५’ इन्फोटेन्टमेन्ट सिस्टम दिने भएको हो । फियात क्राइसलरले ‘यू कनेक्ट ५’ इन्फोटेन्टमेन्ट सिस्टमलाई २०१९ को कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पोमा सार्वजनिक गरेको थियो । यसको साइज १२.३ इन्च रहने छ ।
यो नयाँ इन्फोटेन्टमेन्ट सिस्टममा एमोजन एलेक्स सपोर्ट, वायरलेस एप्पल कार प्ले, एन्ड्रोइड अटो सपोर्ट गर्छ भने यसलाई सहजै अपडेट गर्न सकिने छ । जीप कम्पासमा बीएस ६ मापदण्डको १.४ लिटर टर्बो पेट्रोल इन्जिनले १६३ बीएच पावर र २.० लिटर टर्बो डिजेल इन्जिनले १७३ बीएच पावर प्रदान गर्छ


