जीप कम्पासको ‘ब्ल्याक प्याक एडिसन’ सार्वजनिक, यी हुन् विशेषता

काठमाडौं । जीप कम्पासको नयाँ संस्करण ‘ब्ल्याक प्याक एडिसन’ सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा २० लाख ५९ हजार भारतीय रुपैयाँ मूल्यसहित लञ्च गरेको कम्पास ब्ल्याक प्याक, लिमिटेड एडिसन भएको कम्पनीले जनाएको छ । 

ब्ल्याक प्याक लिमिटेड एडिसनलाई जीप कम्पासको टप भेरियन्टमा निर्माण गरिएको छ । नयाँ मोडलमा कालो रङ्गको विशेष प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पासको यो मोडलको बाहिर विङ्ग मिररकासाथै अलोय ह्वील लगाइएको छ, त्यसमा समेत कालो रङ्गको प्रयोग गरिएको छ । 

यो पनि पढ्नुस् : मूल्य, ब्रान्ड र स्टाइलको फाइट, कस्तो रहला जीपको बजार

कन्ट्रास्ट बढी कलरले यो एसयूभीलाई आकर्षक बनाइएको छ । यसको क्याबिन लेआउटमा कुनै परिमार्जन गरिएको छैन । कम्पासको ड्यूल टोन अफ ह्वाइट र ब्ल्याक कलर थिमलाई अलब्याक इन्टेरियरमा परिमार्जन गरिएको छ ।

स्टेरिङ्ग ह्वील, इन्स्टुमेन्ट क्लस्टर, सेन्टर कन्सोलदेखि लिएर डोरपेड्स क्रोमसम्म उत्कृष्ट संयोजन गरिएको कम्पनीले दाबी गरेको छ 

लिमिटेड भेरियन्टजस्तै यसमा पनि २.० लिटर ४ सिलिन्डर मल्टीजेट डिजेल इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले १७३ बीएचपी पावरकासाथै ३५० न्यूटन मिटर टर्क उत्पादन गर्छ । भने इन्जिनमा सिक्सस्पीड म्यानूअल गियरबक्स लगाइएको छ । 


Back_to_top