जीप कम्पास पनि इलेक्ट्रीकमा, अल ह्वील ड्राइभमा मात्रै आउने

काठमाडौं । जीपले कम्पासको तेस्रो जेनेरेशन मोडल ल्याउने भएको छ । कम्पनीले इटालीको सडकमा तेस्रो जेनेरेशन मोडलको परिक्षण गरिरहेको फोटोहरु बाहिर आएसँगै नयाँ जेनेरेशन आउने पक्का भएको हो ।

जीपले परीक्षण गरिरहेको मोडल फुल्ली इलेक्ट्रीक पावर ट्रेनमा उपलब्ध हुनेछ । कम्पनीले यसअघि नै नयाँ कम्पास हाइब्रिड, प्लगइन हाइब्रिड र फुल्ली इलेक्ट्रीक भर्सनमा आउने जानकारी दिइसकेको छ ।

नयाँ कम्पास जीपले तयार पारेको नयाँ प्लेटफर्ममा बन्नेछ । कम्पनीले यसअघि प्रयोग गर्दै आएको‘ एफसीए युग’ प्लेटफर्मको सट्टामा स्टेलान्टीसको मोर्डन एसटीएलए मिडियम आर्किटेक्चर प्रयोग गर्ने भएको हो । उक्त आर्किटेक्चर यसअघि प्यूजो ३००८ र ५००८, ओपल ग्राण्डल्याड तथा डीएस ८ मा प्रयोग भइसकेको छ ।

नयाँ कम्पास ईभीमा २३९ किलोवाटको ड्यूल मोटर सेटअप हुनेछ । जीपले नयाँ कम्पास ईभीको सबै भेरियन्टमा अल ह्वील ड्राइभ अप्सन दिनेछ । जीपको यो ईभीमा प्यूजो ई ३००८ मा जस्तै ७३ र ९७ किलोवाट अवारको दुई ब्याट्री अप्सन दिने सम्भावना छ ।

जीप कम्पास ईभी यसै वर्षको अन्त्यबाट इटालीको प्लान्टबाट उत्पादन सुरु हुनेछ । कम्पनीले बिक्री भने सन् २०२६ बाट सुरु गर्नेछ ।


Back_to_top