नेपाल आयो क्लासीक ३५० को पाँच भेरियन्ट, मूल्य ५ लाख ५५ हजारबाट सुरू

काठमाडौं । रोयल इन्फिल्ड क्लासीक ३५० पाँच भेरियन्टमा सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारीक विक्रेता अल्फा अटोमोटिभले नयाँ भर्सनको रोयल इन्फिल्ड क्लासीक ३५० पाँच भेरियन्टमा सार्वजनिक गरेको हो ।

कम्पनीले टप भेरियन्ट क्लासीक ३५० को मूल्य ५ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको छ ।
हाल सार्वजनिक न्यू क्लासिक ३५० सात आकर्षक रङमा उपलब्ध हुनेछन् ।

रोयल इनफिल्डले पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोम नाम दिएर ल्याएको हो । साथै, नयाँ सबै भेरियन्टमा ड्यूल च्यानल एवीएस उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भने, ‘नेपाली बजार हाम्रा लागि सधैं विशेष रहँदै आएको छ । सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटोरसाइक प्रति ग्राहकहरूले दर्शाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौं। नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरङले यसलाई अझै सुन्दर बनाएको छ । हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास हामीले लिएका छौं ।’

कुन भेरियन्टमा के छ ?

हेरिटिज सिरिजः हेरिटिज सिरिज मद्रास रेड र जोदपुर ब्लुमा उपलब्ध छ । यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपबाट प्रेरित छ ।मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको छ । यसको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकेको छ ।

हेरिटेज प्रिमियमः यो भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ । यसको मूल्य ५ लाख ६६ हजार रुपैयाँ तोकेको छ ।

सिग्नल सिरिजः कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ । यो अध्यावधि स्वरूपले झनै आकर्षक देखाएको छ । यसको मूल्य ५ लाख ६६ हजार रुपैयाँ तोकेको छ ।

डार्क सिरिज (गन ग्रे स्टेल्थ ब्ल्याक): खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ । यसको मूल्य ५ लाख ७३ हजार रुपैयाँ तोकेको छ ।

क्लासिक क्रोम (इमराल्ड): निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ । यसको मूल्य ५ लाख ७९ हजार ९ सय रुपैयाँ तोकेको छ ।


Back_to_top