टोयोटा फर्चुनरसँग प्रतिस्पर्धा गर्न आउँदै जीप ‘मेरिडियन’

काठमाडौं । जीप इन्डियाले आफ्नो दोस्रो उत्पादनको रुपमा मेरिडियन एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउन लागेको नयाँ एसयूभीको सिधा प्रतिस्पर्धा टोयोटा फर्चुनरसँग हुने देखिएको हो ।

विगत दुई वर्षदेखि जीप इन्डियाले विकास गरिरहेको मेरिडियन ७ सीट क्षमतामा आउने छ । अमेरिकी ब्राण्ड जीपले अहिले भारतमा उत्पादन गरिरहेको कम्पासले निकै राम्रो व्यापार गरिरहेको छ । भारतीय बजारमा बढ्दो तीन ‘रो’को एसयूभीको मागलाई मध्यनजर गर्र्दै जीपले छिटैनै मेरिडियन सार्वजनिक गर्न लागेको हो ।

भारतमा जीप कम्पासकै प्लेटफर्ममा बनेको मेरिडियन कम्पासभन्दा निकै फरक देखिन्छ । लम्वाई, ह्वीलवेस र मोर्डन इन्टेरियरले नयाँ एसयूभी उत्कृष्ट देखिएको छ ।

एसयूभीको अगाडिको भागमा मस्कुलर बम्पर र फराकिलो एयरड्याम्पको प्रयोग गरिएको छ । एलइडी हेडल्याम्प सहितको मल्टी स्ल्याडेड फ्रन्ट ग्रिल र यसमा इट्रीगेटेड एलइडी डे टाइम रनिङ लाइटले यसको अगाडिको भाग उत्कृष्ट देखिएको छ । एसयूभीको पछाडि भागमा फ्ल्याट टेलगेट र स्लीक एलइडी ल्याम्प पाउन सकिन्छ ।

ड्यासबोर्डमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टममा आउने अपेक्षा गरिएको मेरिडियनमा वायलेस चार्जर, पानारोमीक सनरुफ, भेन्टिलेटेड सिट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, डियूल जोन क्लाइमेट कन्ट्रोल जस्ता विशेषता दिइने छ ।

यसमा नयाँ फिचरका रुममा एड्भान्स ड्राइभर असिस्ट सिस्टम समेत रहने सम्भावना रहेको छ, जसले अटोमेटीक इमेर्जेन्सी ब्रेकिङ, एडाप्टीभ क्रुज कन्ट्रोल जस्तो काम गर्नेछ ।

जीप कम्पासमा जस्तै मेरिडियनमा पनि धेरै सेफ्टी फिचरहरु रहने छन् । २.० लिटर, फोर सिलिण्डर टर्बो चार्ज्ड डिजल इन्जिनका साथै ४८ भोल्डको माइल्ड हाइब्रिड टेक्नलाजी समेत प्रयोग हुने सम्भावना रहेको छ । यसको इन्जिनले २०० हर्सपावर र ४०० एनएम टर्क प्रदान गर्ने अनुमान गरिएको छ ।


Back_to_top