काठमाडौं । बनेलीले क्यास डिस्काउन्ट अफर सार्वजनिक गरेको छ । बनेली मोटरसाइकलको आधिकारिक शोरुम युनिटी ट्रेडिङले क्यास डिस्काउन्ट अफर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको अफरमा बेनेलीका सबै मोटरसाइकलमा नगद ३० हजार रुपैयाँ छुट दिने स्कीम ल्याएको हो ।
यो योजना बेनेलीको भक्तपुरमा रहेको युनिटी ट्रेडिङले सिमित समयको लागि मात्र ल्याएको जनाएको छ । यस योजनामा कम्पनीले एक्सचेन्ज स्कीम तथा शून्य प्रतिशत व्याजमा समेत मोटरसाइकल उपलब्ध गराउने जनाएको छ । ग्राहकले कुनै पनि कम्पनीको पुराना मोटरसाइकलसँग बेनेलीको नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सक्नेछन् ।
एक्सचेन्ज मार्फत मोटरसाइकल खरिल गर्दा पुरानो मोटरसाइकलमा बजार मूल्यभन्दा २५ हजार थप मूल्याङकन दिने कम्पनीले जनाएको छ ।
यो योजना बेनेली टीएनटी १५, टीएनटी १५ आई र बेनेली १८० एसमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
यस्तो छ बेनेलीको सबै मोटरसाइकलको मूल्य
कम्पनीको सबैभन्दा कम मूल्यको मोटरसाइकल टीएनटी १५ को मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै बेनेली टीएनटी १५ आइको मूल्य ३ लाख ७७ हजार ९००, १८० एसको मूल्य ४ लाख ४९ हजार ९०० र ४ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरी बेनेली ३०२ एसको मूल्य १० लाख ४९ हजार ९०० र १० लाख ७४ हजार ९०० रुपैयाँ, टीएनटी ६०० आइको मूल्य २३ लाख ५८ हजार र टीआरके २५१ को मूल्य ८ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।

