जीप मेरिडियन किन्न ९० लाख डाउन पेमेन्ट, यस्तो छ मासिक किस्ता

काठमाडौं । अमेरिकी ब्रान्ड जीपको नयाँ उत्पादन मेरिडियन किन्न चाहने ग्राहकले ९० लाख ४५ हजार रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्नेछ ।

जीपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले मेरिडियनको मूल्य १ करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरेर विक्री सुरु गरेकाले त्यसको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ ।

मेरिडियन जीप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाई फोर’ क्षमता भएको एसयूभी हो । ठूलो परिवार हुने मानिसको रोजाईमा पर्ने मेरिडियनको यो मूल्य विशेष रहेको कम्पनीले जनाएको छ । बैंकमा कर्जा सहज हुँदै गएको र ब्याजदर पनि घट्ने क्रममा रहेको कारण बजार सकारात्मक बन्ने अपेक्षा सुरु भएको छ ।

जीप मेरिडियनको मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट बुझाएर किन्ने ग्राहकले १४ प्रतिशत ब्याजदरमा ७ वर्षको लागि कर्जा लिँदा मासिक १ लाख ६९ हजार ५०० रुपैयाँ हाराहारी मासिक किस्ता बुझाउनु पर्ने हुन्छ ।

कम्पनीले नेपाली बजारमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) मात्रै उपलब्ध गराउने छ । मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ उपलब्ध छ । नाइन स्पीड अटोमेटिक गियरबक्सको साथ उपलब्ध उक्त इन्जिनले १६८ ब्रेक हर्स पावर र ३५० एनएम टर्क प्रदान गर्छ ।

यसलाई जस्तोसुकै बाटोमा चलाउन सकियोस् भनेर ‘स्यान्ड, मड, स्नो र अटो ड्राइभ अप्सन’ दिइएको छ । यसमा ‘सेलेक्ट–टेरेन’सहितको जीपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ पाउन सकिन्छ ।

जीप मेरिडियन एड्भेन्चर र सोफिस्टिकेसनको अनुपम मिश्रण हो । यसमा धेरै सेग्मेन्ट–फस्र्ट फिचरहरु छन् । ‘अनरोड र अफरोड’ दुवैमा उत्कृष्ट पर्फमेन्स गर्ने एसयूभीको इन्टेरियर निकै प्रिमियम छ । ठूलो क्याबिन स्पेस, अत्याधुनिक प्रविधि र व्यवहारिक फिचरहरुले जीप मेरिडियनलाई बजारमा उपलब्ध ‘सभेन–सिटर एसयभी’को भिडमा अब्बल बनाएको छ ।

जीपको आइकनिक सेभेन–स्लट ग्रिल, डीआरएलसहितको पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प, बम्परमा राखिएका सिल्भर लाइनहरु र प्रसस्त स्थानमा प्रयोग भएको क्रोम फिनिसले मेरिडियनलाई आधुनिक एसयूभीको रुप दिएको छ ।

मेरिडियनमा जीपको यु–कनेक्ट जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, पानोरामिक सनरुफ, वायरलेस स्मार्ट कनेक्टिभीटी, वायरलेस फोन चार्जिङ, डुअल–जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट र पावर टेलगेट लगायतका फिचर छन् ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मनिटरिङ, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल जस्ता फिचर छन् ।


Back_to_top