किया ईभी ६ को बुकिङ खुल्दै

काठमाडौं । कियाको पछिल्लो इलेक्ट्रीक क्रसओभर एसयूभी ईभी सिक्सको बुकिङ खुला हुने भएको छ । कम्पनीले यही अप्रिल १५ तारिखदेखि यसको आधिकारिक बुकिङ लिने जनाएको हो ।

भारतीय बजारका लागि किया ईभी ६ को जीटी लाइन भेरियन्टको मूल्य ६० लाख ९५ हजार रुपैयाँ र जीटी लाइन अल ह्वील ड्राइभ अप्सनको मूल्य ६५ लाख ९५ हजार (एक्स शोरुम) भारतीय रुपैयाँ निर्धारण भएको छ ।

ईभी ६ मा ७७.४ किलोवाट आवरको ब्याट्री दिइएको छ । यो ब्याट्रीलाई फुलचार्ज गर्दा एकपटकमा ७०८ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा भएको मोटरले ३२५ हर्सपावर र ६०५ एनएम टर्क उत्पादन गर्छ ।

यो ई-जीएमपी सकेटबोर्ड आर्किटेक्चरमा आधारीत कियाको पहिलो मोडल पनि रहेको छ । यो रनवे रेड, याच्ट ब्लू, मुनस्केप, अरोरा ब्ल्याक पर्ल र स्नो ह्वाइट पर्ल गरी विभिन्न ५ कलर अप्सनमा उपलब्ध हुनेछ ।

कम्पनीले यो ईभीमा भेइकल टू लोड (भीटूएल), अल्ट्रा फास्ट डीसी चार्जिङ, फराकिलो इन्टेरियर स्पेस दिएको छ ।


Back_to_top