यामाहा एरोक्स १५५ नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यामाहा एरोक्स १५५ नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले यामाहा एरोक्स १५५ को विक्री भने केही दिनमा सुरु गर्ने जनाएको छ ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता कम्पनी एमएडब्लयू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर एरोक्स १५५ सार्वजनिक गरेको हो ।

कम्पनीले नेपाल भित्र्याएको एरोक्समा १५५ सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४.८ बिएच पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरमा एबिएस, डिस्क ब्रेक भीभीए इन्जिन जस्ता विशेषता रहेका छन् ।


Back_to_top