टोयोटा नेपालले राष्ट्रव्यापी अपग्रेड कार्यक्रम आयोजना गर्ने

काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नयाँ वर्षको अवसरमा स्किम सार्वजनिक गरेको छ । कम्पनीले सो अवसरमा राष्ट्रव्यापी अपग्रेड इभेन्ट ‘न्यू एअर न्यू टाेयाेटा ‘ आयोजना गर्ने भएको हो ।

यस अपग्रेड इभेन्टमा ग्राहकहरूले आफुसँग भएको जुनसुकै ब्रान्डको गाडीसँग टोयोटाको नयाँ  गाडी साट्न सक्नेछन् । कम्पनीले यसमा रेज, रस, हाइलक्स, कोराेला क्रस हाइब्रिड, फोर्चुनर र्‍याभ फोर हाइब्रिड र ल्यान्ड क्रुजरमा अपग्रेड गर्न सकिने बताएको छ ।

यो इभेन्ट चितवन, पोखरा, विराटनगर, धनगढी लगायत काठमाडौं उपत्यका भित्र रहेका टोयोटाका सबै आउटलेटमा हुनेछ ।

यो स्किम अन्तर्गत गाडी अपग्रेडसँगै इभेन्टमा टोयोटाले आफ्ना ग्राहकका लागि इजी बैंक फाइनान्स, फ्री रोड ट्याक्स, फ्री इन्स्योरेन्स, सर्भिसमा २० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ ।

कम्पनीले आफ्नो भिजन ‘मोबिलिटी फर अल’ लाई समर्थन गर्दै ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज प्लान सहित यो सुविधा दिएको हो।


Back_to_top