हार्ले डेभिड्सनले हिराेकाे सहकार्यमा नयाँ मोटरसाइकल ल्याउदै

काठमाडौं । अमेरिकी चर्चित दुईपांग्रे ब्राण्ड हार्ले डेभिड्सनले भारतीय बजारमा नयाँ मोटरसाइकल ल्याउने भएको छ ।

संसारको सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पसँगको सहकार्यमा हार्लेले सानो क्षमताको क्रुजर सेग्मेन्टको पहिलो मोटरसाइकल ल्याउने भएको हो ।

यी दुई कम्पनीको सहकार्यमा निर्माण भएको हार्ले डेभिड्सन मोटरसाइकल ४०० सीसी क्षमताको हुने अनुमान गरिएको छ ।

हालसालै हार्ले र हिरो मोटोकर्पको सहकार्यमा निर्माण भएको मोटरसाइकलको तस्वीरहरू बाहिरिएका छन् । हार्लेको यो मोटरसाइकल परीक्षणको अन्तिम चरणमा पुगी अब उत्पादनको लागि तयार भएको रिपोर्ट भारतीय मिडियामा आएको हो ।

तस्वीर बाहिरिए पनि अफिसियल रूपमा भने कम्पनीले मोटरसाइकलको कुनै पनि रिपोर्ट निकालेको छैन ।

तस्वीरमा मोटरसाइकलको लुक्स हार्लेको क्रुजर मोटरसाइकल आइरन ८८३ सँग मिल्दोजुल्दो देखिन्छ । यो मोटरसाइकल आइरन ८८३ जस्तै समान देखिए पनि यसमा प्रयोग गरिएको इन्जिन र अन्य फिचरहरू भने आइरनकोभन्दा विल्कुलै फरक रहेको छ ।

कम्पनीले यो मोटरसाइकलमा नयाँ एयर/आयल कुल्ड सिंगल सिलिन्डर ४०० सीसी इन्जिनको प्रयोग गरेको छ । जसलाई मिनी आइरनको रूपमा पनि देख्न सक्ने अनुमान गर्न सकिन्छ ।

क्रुजर रोडस्टर डिजाइनमा रहेको यो मोटरसाइकलमा हार्ले डेभिडसन ब्रण्डिङ भएको डीआरएल बार, फुल एलईडी लाइट, टीएफटी कन्सोल, स्लोपमा फराकिलो फ्युल ट्याकं, सिंगल पिलियन सिट, युएसडी फर्क, ट्वीन सक रियर अब्जर्बार, गोलाकार डिजिटल डिस्प्ले जस्ता फिचरहरू हुने छन् ।

कम्पनीले हार्लेको यो मोटरसाइकलमा सीएटको १७ इन्चको फ्ल्याट टायर र १८ इन्चको अलोय ह्वील दिएसँगै दुवै टायरमा बाइबे्रको डिस्कब्रेक र डुवल च्यानल एबीएस पनि दिने छ ।

कम्पनीले हार्ले डेभिड्सनको यो मोटरसाइकल छिटै सार्वजनिक गर्ने तयारी गरिरहेको भारतीय मिडियाहरूले बताएका छन् ।


Back_to_top