ज्यागुअर ल्यान्डरोभरले भारतमै उत्पादित रेन्जरोभर भेलरको बुकिङ खोल्यो

ज्यागुअर ल्यान्डरोभर इन्डियाले भारतमै उत्पादन गरि रहेको रेन्जरोभर भेलरको बुकिङ मंगलबारबाट खुल्ला गरेको छ । भारतमा बनेको पहिलो गाडी रेन्जरोभर भेलरको मूल्य ७२ लाख ४७ हजार भारु तोकिएको छ ।

रेन्जरोभर भेलर पेट्रोल तथा डिजेल दुवै अप्सलमा उपलब्ध हुनेछ भने मूल्य समान रहने जनाइएको छ । भारतीय उपभोक्ताका लागि बेलायती डिजाइल, लक्जरी तथा प्रविधि उपलब्ध गराउन पूर्ण रुपमा लागि गरेको जेएलआर इन्डियाका प्रमुख तथा प्रबन्ध निर्देशक रोहित सुरीले बताए । भारतमै उत्पादित रेन्जरोभर भेलर उपभोक्ताको रोजाइमा पर्ने विश्वास सुरीको छ ।

भारतमा उत्पादन भएपनि त्यसको गुणस्तर तथा अन्य विशेषतामा कुनै फरक नरहेको कम्पनीले जनाएको छ । रेन्जरोभर भेलरको डेलिभर अर्को महिनाको सुरुदेखि नै हुने कम्पनीको भनाइ छ ।

जेएलआरले हालै एक्सइ, एक्सएफ, एक्सजे, एफ–पेस, डिस्कभरी स्पोर्ट तथा रेन्जरोभर इभोक समेत भारतमै उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

बेलायती कम्पनी ज्यागुअर ल्यान्डरोभर केही वर्ष अघि भारतीय सवारी उत्पादक कम्पनी टाटाले खरिद गरेको थियो । टाटाले खरिद गरेको विलासी कार उत्पादक कम्पनी जेएलआरले भारतमा प्लान्ट स्थापना गरि सवारी उत्पादन थालेको हो ।


Back_to_top