इलेक्ट्री स्कुटरको रेन्ज टेष्टः एउटै बाटोमा चालक अनुसार फरक-फरक

काठमाडौं । इलेक्ट्रीक स्कुटरको रेन्ज टेष्ट कार्यकम सम्पन्न भएको छ । जम्वो ब्राभो इलेक्ट्रीक स्कुटरको विक्रेता कम्पनी जम्वो माेटर्सले रेन्ज टेष्ट कार्यकम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा ५ ओटा इलेक्ट्रीक स्कुटरलाई समान दुरी चलाएर रेन्ज टेष्ट गरिएको थियो । गत शनिबार भएको उक्त रेन्ज टेष्ट कार्यकममा ४ ओटा जम्वो ब्राभो र १ ओटा क्यापाचिनो एस मोडल सहभागि गरिएको थियो ।

जम्वो माेटर्सले गरेको उक्त रेन्ज टेष्ट कार्यक्रममा ७० किलोमिटर चलाएर परिक्षण गरिएको कम्पनीले जनाएको छ । शनिबार बिहान ११ बजे गैह्रीधारा नक्साल स्थित जम्वोको शोरुमबाट सुरु भएको उक्त रेन्ज टेष्ट कार्यक्रम कोटेश्वर, सुर्यविनायक, नगरकोट हुँदै कात्तिके, साँखु, चाबहिल हुँदै गैह्रीधारा पुगेर सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा ५ ओटै स्कुटरले फरक फरक रेन्ज दिएको थियो । सबैभन्दा धेरै रेन्ज दिनेमा क्यापाचिनो एसले दियो । जम्वो ब्राभोमा थोरै रेन्ज तलमाथि भएको थियो । फुलचार्ज गरेर सुरु गरेको उक्त रेन्ज टेष्टमा क्यापाचिनो एसमा ७० किलोमिटर यात्रा गरिसक्दा ४४ प्रतिशत ब्याट्री बाँकी थियो । जम्बो ब्राभोमा भने चालक अनुसार ३२ देखि ३६ प्रतिशसम्म ब्याट्री बाँकी थियो ।

‘सुर्यविनायकदेखि नगरकोटसम्मको बाटो उबड खावड हुनुका साथै धेरै उकालोे हुँदा हुँदै पनि १ प्रतिशत चार्जले एक किलोमिटर भन्दा धेरै गुडेको छ । चालकहरुले उकालोमा पनि स्पोर्टस् मोड प्रयोग गर्नु परेन । यसरी हेर्दा स्कुटरले सहरी क्षेत्रमा मात्र होइन, उकालो ओरालो भएका सडकमा पनि उत्तिकै राम्रो रेन्ज दिने देखियो’, जम्बो माेटर्सका संचालक बिनोद न्यौपानेले बताए ।

न्यौपानेका अनुसार उनले चलाएको स्कुटरले ६४ प्रतिशत चार्जले ७० किलोमिटर रेन्ज दिएको थियो । क्यापाचिनो एस मोडलले ५६ प्रतिशत चार्जमा ७० किलोमिटर दियो । यसको मतलव हामीले १२० किलोमिटर रेन्ज दावी गर्दै आएको स्कुटरले सहरी क्षेत्रमा १२० किलोमिटर भन्दा धेरै रेन्ज दिने देखियो ।

जम्बो ब्राभोमा २.५ किलोवाट क्षमातको मोटर रहेको छ । यसमा ब्याट्री भने ४ किलोवाट आवर क्षमता छ । यो ब्याट्रीलाई फुल चार्ज गर्न २ घन्टा लाग्छ ।


Back_to_top