काठमाडौं । सन् २०२२ मा टेस्लाले अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले विक्री वृद्धि गरेर ११३ लाख १३ हजार ८५१ यूनिट पुगेको छ । टेस्लाले एकै वर्ष विक्री गरेको यो सबैभन्दा धेरै यूनिट हो ।
कम्पनीले आफ्नो उत्पादन क्षमता पनि ४७ प्रतिशतले वृद्धि भई १३ लाख ७० हजार यूनिट पुगेको कम्पनीले जनाएको छ । कम्पनीले यो वर्ष आफ्नो उत्पादन क्षमता र विक्री दुबै बढाएको हो ।
टेस्लाले विश्वभर अक्टोबरदेखि डिसेम्बरसम्म ४ लाख ५ हजार २७८ युनिट मोडेल वाई, मोडेल ३, मोडल एस र मोडल एक्स गरेर ग्राहकलाई डेलिभरी गरी नयाँ रेकर्ड बनाएको हो ।
कम्पनीले आफ्नो सन् २०२२ को चौथो त्रैमासिक उत्पादन र वितरण रिपोर्ट सार्वजनिक गर्दै एकै त्रैमासिकमा डेलिभरीको लागि नयाँ रेकर्ड कायम गरेको जनाएको हो । यसअघि पनि टेस्लाले सन् २०२२ को तेस्रो त्रैमासिकमा ३ लाख ४३ हजार ८ सय ३० वटा कार बिक्री गरेको थियो ।
चौथो त्रैमासिकमा भने टेस्ला मोडेल थ्री र वाईको मात्र ३ लाख ८८ हजार १३१ युनिट डेलिभरी गर्न सफल भएको छ । त्यस्तै, मोडेल एस र मोडेल एक्सको संयुक्त डेलिभरी संख्या १७ हजार १४७ युनिट रहेको छ ।


