काठमाडौं । सन् २०२२ हामीबाट विदा भएपनि एक वर्षभरी भएको कारोबारलाई विभिन्न कोणबाट भने चर्चा सुरु भएको छ । सन् २०२२ मा हामी सबैले सुनेको ईभी ब्राण्ड नेटाले निकै राम्रो ब्यापर गर्न सफल भयो ।
विश्वभर ईभीको विक्रीमा ठूलो छलाङ लागेको समयमा चीनमा खुलेका स्टार्ट अप मध्य ठूला ५ कम्पनीले नै १ लाख यूनिट कटाउन सफल भएका छन् । चाइनाको प्रमुख स्टार्ट अप ईभी होजोन अटाले १ लाख ५२ हजार ७३ यूनीट ईभी विक्री गर्दै आफुलाई पहिलो स्थानमा राख्न सफल भएको छ ।
होजोनले नेपाल र थाइल्याण्डमा विक्री सुरु गरेको नेटा भी २ हजार ४५६ यूनीट चीनबाट निर्यात गरेको छ । नेपालमा पनि नेटा भी राम्रै चर्चा भइरहेको छ ।
चीनको बजारमा होजोनले नेटायू र नेटा भी सबैभन्दा धेरै निर्यात गरेको छ । कम्पनीले एक वर्षमा ९८ हजार ८४७ यूनीट नेटा भी र ५१ हजार ०२१ यूनीट नेटा यू डेलिभरी गरेको तथ्यांक सार्वजनिक भएको छ ।
होजोनले डिसेम्बरमा विक्री सुरु गरेको पछिल्लो मोडल नेटा एस पनि २ हजार ३ यूनीट ग्राहकलाई हस्तान्त्रण गरेको छ ।
होजोनलाई पक्ष्याउँदै लाईअटोले सन् २०२२ मा १ लाख ३३ हजार २४६ यूनीट कार विक्री गरेको छ । तेस्रोमा नियोले १ लाख २२ हजार ४८६ यूनीट र चौथोमा एक्सपेङले १ लाख २० हजार ७५७ यूनीट विक्री गरेको थियो । लीप मोटरले १ लाख ११ हजार १६८ यूनीट ईभी विक्री गर्दै टप ५ स्टार्टअप कम्पनी बनेका हुन् ।

