क्यूट-०४ ह्याचव्याक कारको मूल्य २४ लाख ९६ हजार

काठमाडौं । लक्ष्मी इमोविलिटीले नेपाल ल्याएको क्यूट-०४ ह्याचव्याक नाडा अटो शोमा सार्वजनिक गरेको छ । लक्ष्मी इमोविलिटीले नेपाल ल्लयाएको क्यूट-०४ को मूल्य २४ लाख ९६ हजार तोकेर सार्वजनिक गरेको हो ।

कम्पनीले क्यूट ०२ को मूल्य भने १९ लाख ९६ हजारबाटै सुरु गरेको छ । यसको टप भेरियन्टको मूल्य भने २२ लाख ९६ हजार तोकेर बुकिङ खुला गरेको हो ।

चिनियाँ ब्राण्ड केईको ह्याचव्याक कारको लम्बाई ३६९५ एमएम, चौडाई १६८५ एमएम र उचाई १६१५ एमएम रहेको छ । यसा २५०० एमएम लामो ह्वीलवेस र १६५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

फास्ट चार्जर सपोर्ट गर्ने ५ सिट क्षमताको ह्याचव्याक कारमा २८.०८ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री प्याक दिइएको छ । चिनियाँ टेष्टीङ एजेन्सी सीएलटीसीका अनुसार यसले सिंगल चार्जमा ३०१ किलोमिटर रेन्ज दिन्छ ।

अधिकतम १०० किलोमिटरको स्पीडमा गुड्ने क्यूट(०४ कारमा ४० किलोवाट क्षमताको मोटर उपलब्ध छ । सुरक्षाको लागि कारमा एबीएस, इबीडी, एएसआर, टीसीएस, इएससी, इएसपी र डीसीएस जस्ता फिचर छन् ।

टायर प्रेसर मोनिटर, दुई एयरब्याग, अगाडि र पछाडि नै पार्किङ सेन्सर पाउन सकिने कारमा किलेस इन्ट्री, फ्लस डोर ह्याण्डल पाउन सकिन्छ ।

हाइट मिलाउन मिल्ने हेडलाइट रहेको कारमा इन्फोटेन्टमेन्ट सिस्टम, एड्जस्टेवल सिट, ६ वटा स्पीकर पाउन सकिन्छ ।


Back_to_top