कलंकी–कोटेश्वर सडकखण्डः ५ स्थानमा मात्रै जेब्राक्रस, ३ वटा आकाशे पुल !

काठमाडौं । कलंकीदेखि कोटेश्वरसम्म ५ स्थानमा जेब्राक्रस र ३ ठाउँमा मात्र आकाशे पुल बनाउने सम्झौता गरेर निर्माण सुरू भएकाे कलंकी काेटेश्वर सडकखण्डकाे अन्य ६ ठाउँमा नेपाल सरकारले आकाशे पुल बनाउने भएकाे छ ।

चीन सरकारको सहयोगमा विस्तार भैरहेको कोटेश्वर–कलंकी राजमार्गको निर्माणर्काय अन्तिम चरणमा पुगेको छ । चिनको  सांघाई कन्सट्रक्सन ग्रुपले विस्तार गरिरहेको पहिलो चरणको कलंकी–कोटेश्वर १० किमोमिटर सडकको निर्माण कार्य आगामी असार मसान्तसम्ममा सकिने भएको हो । अब कलंकीकाे अन्डरपासकाे काममात्रै बाँकी रहेकाे सडक विभागले जनाएकाे छ । 

दोस्रो र तेस्रो चरणको सडक विस्तारको लागि चिन सरकारले सक्दो सहयोग गर्ने छ । उनीहरुले खटाएका कामदारले नै काम गर्नेछन् । 

सडक विभागका उप–महानिर्देशक मुक्ति गौतमले अधिकतम ५० किलोमिटर प्रतिघण्टाको गति अनुसार डिजाइन गरिएको कलंकी–काटेश्वरको विस्तार कार्य सकिएपछि दोस्रो खण्डको विस्तार कार्य सुरु हुने  जानकारी दिए । 

‘चीन सरकारसँग सम्झौता भइसकेको छ । दोस्रो चरणमा कलंकीबाट महाराजगञ्ज नारायणगोपाल चोकसम्मको ८.२ किलोमिटर र तेस्रो खण्डमा नारायणगोपाल चोकदेखि कोटेश्वरसम्मको काम हुने छ । चक्रपथको सबैतिर यही गुणस्तरको सडक बन्छ ।’ गौतमले मेरोअटो डटकमसँग भने । 

आगामी सेप्टेम्बर–अक्टोवरबाट दोस्रो खण्ड अन्र्तगतको काम सुरु हुने गौतमले जानकारी दिए । 

चीन सरकारको सहयोगमा नेपालमा नै पहिलोपटक बनेको कलङ्की खसीबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको सडक विभाग अन्तर्गत वैदेशिक समन्वय महाशाखा प्रमुख संजय श्रेष्ठले जानकारी दिए । 

अण्डरपासको निर्माणसंगै पहिलो चरणको काम सकिने र चिन सरकारसंगको सम्झौता अनुसार नै दोस्रो चरणको काम आरम्भ हुने श्रेष्ठले बताए । 

‘दोस्रो र तेस्रो चरणको सडक विस्तारको लागि चिन सरकारले सक्दो सहयोग गर्ने छ । उनीहरुले खटाएका कामदारले नै काम गर्नेछन् । उनीहरुको योजना अनुसार नै सडक विस्तार हुने छ । बाँकी सडकपनि कलंकी कोटेश्वर जस्तै स्टायडर्ड बन्नेछ ’ श्रेष्ठले मेरोअटो डटकमसँग भने । 

चीन सरकारले सडकको हस्तान्तरण गरेपछि मात्रै साइकल लेन,  आकाशेपुल, जेब्राक्रसिङजस्ता नपुग संरचना सरकारले निर्माण गर्ने श्रेष्ठ बताउँछन् । 


Back_to_top