आजदेखि कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द

काठमाडौं । आजदेखि कान्ति लोकपथ ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

कान्ति राजमार्ग अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-११, सिमात खोला घुम्ती र ललतिपुरको बागमती गाउँपालिकाको तामाखानी, पाङ्दु भीर, कार्कीबास लगायत स्थानमा सडक फराकिलो पार्ने र कटिङ गर्ने काम भइरहेकाले ६० दिनसम्म सवारी आवागमन बन्द गरिएको हो ।

सडक आयोजनाका अनुसार आजदेखि दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म) उक्त सडक खण्ड पूर्ण रुपमा बन्द हुने भएको हो ।

यस अवधिमा उक्त राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।


Back_to_top