उपत्यकामा भोलि राती १२ बजेबाट सवारी साधन चलाउन प्रतिबन्ध

काठमाडौं। उपत्यकामा भोलि राती १२ बजेबाट आगामी भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालयहरुले निर्णय गरेका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बुधबार राति १२ बजेदेखि लागु हुनेगरि एक हप्ताको लागि निषेधाज्ञा लागु गर्ने भएको हो ।

अत्यावश्यक सेवाका बाहेकका निजी तथा सार्वजनिक सवारी साधन समेत चलाउने नदिने निर्णय भएको छ। अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्‍द हुनेछन्।

कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषदको सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको अधिकार स्थानीय प्रशासनलाई दिएको थियो।


Back_to_top