काठमाडौं । टाटाले नेक्सन इभीको उत्पादन १ हजार यूनिट पुरा गरेको छ । लकडाउन सुरु हुनु केही समयअघि उत्पादन सुरु भएको नेक्सन इभीको उत्पादन १ हजार यूनिट पुरा भएको हो ।
केही दिनअघि टाटाले नेक्सन इभी मासिक भाडामा लिएर चलाउन मिल्नेगरि भारतमा स्कीम ल्याएको थियो । अहिले भारतमा मात्रै विक्री वितरण भइरहेको नेक्सन इभी नेपाली बजारमा पनि ल्याउने तयारी चलिरहेको थियो । तर, नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटबाट इलेक्ट्रीक कारमा व्यापक कर वृद्धि गरेपछि नेपाल ल्याउने प्रक्रिया पछि सरेको जनाइएको छ ।
कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याउने घोषण गरेको छ । जसमा एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ ।
नेक्सन इभीको एक्सएमको मूल्य १३ लाख ९९ हजार , एक्सजेड प्लासको १४ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य १५ लाख ९९ हजार रहेको छ । यो कारको ८ वर्ष तथा १ लाख ६० हजार किलोमिटरको व्याट्रीमा वारेन्टी प्रदान गरेको छ ।
जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा ३१३ किलोमिटर रेञ्ज प्रदान गर्ने टाटा मोटर्सको दाबी छ । यसमा ३०.२ किलोवाट आवरको हाई इनर्जी डेनसिटी लिथियम आयोन ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।
यसमा रहेको ९५ किलोवाटको मोटरले १२९ पिएस तथा २४५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट हिल/अप तथा हिल/डिसेन्ड असिस्ट दिएको छ । टाटाले पहिलो पटक यस कारमा सनरुफसमेत दिएकोले भारतमा यसको माग बढ्दै गएको छ ।
नयाँ ३५ प्रकारको कनेक्टेड फिचर उपलब्ध नेक्सनलाई स्मार्ट फोनको एपको माध्यमबाटै स्क्यान समेत गर्न सकिने कम्पनीले जनाएको छ । जसको सहायताले कारको व्याट्री तथा मोटरका साथै अन्य टेक्नीकल पार्टसको स्टाटस थाहा पाउन सक्नेछ ।
यो एसयूभी अहिलेसम्म कै सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रीक एसयूभी बन्ने बाटोमा रहेको छ । २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।


