जापानको मोटरसाइकल निर्माता कम्पनी कावासाकीले निन्जा जेडएक्स-१० आर र निन्जा जेडएक्स-१० आरआर बाइक सार्वजनिक गरेको छ । दुबै बाईक भारतमा नै निर्माण भएको कारण यी वाइकको मुल्य निकै कम निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा ३ लाख डलर मूल्य भएको कावासाकी निन्जा जेडएक्स-१० आरको भारतीय बजारमा १२ लाख ८० हजार रुपैयाँ तोकिएको छ । यसरी हेर्दा भारतमा ६ लाख भारुले मूल्य कम हो ।
हाल कम्पनीले भारतमा उत्पादन भएको बाइक बेच्न सुरु गरेको हो यसअघि अयात गरेर बिक्री वितरण भइरहेको थियो । कावासाकीले दुबै बाइकको बुकिंग खुल्ला भएको जनाएको छ । कम्पनीले ३ लाख रुपैयाँ लिएर एडभान्स बुकिंग गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
कावासाकी मोटर्स कम्पनीका डायरेक्टर युटाका यामासीताले कावासाकी निन्जा जेडएक्स-१० आर र जेड एक्स-१० आरआर एडभान्स टेक्नोलोजीमा आधारित बाइक भएको दाबी गरेका छन् ।
युटाकाले निन्जा जेडएक्स-१० आर तीन भ्यारियन्टमा उपलब्ध भएको जानकारी दिएका छन् । बाइक सिल्भर, ब्ल्याक र कावासाकी सिग्नेचर ग्रीन गरि तीन अलग कलर अप्शनमा उपलब्ध छ । कावासाकी निन्जा जेडएक्स-१० आर तथा जेडएक्स-१० आरआरमा ट्याक्सन कन्ट्रोल, कावासाकी लन्च कन्ट्रोल, ब्रेकिंग कन्ट्रोल, क्विक शिफ्टर तथा कर्नर म्यानेजमेन्ट फक्शन जस्ता कयौं विशेषता रहेका छन् ।
दुबै बाइकमा ९९८ सीसी लिक्विड कुल्ड इन लाइन ४ सिलिन्डर इन्जिन दिइएको छ । जसले, १९७ बिएचपी पावरमा ११३.५ न्युटन टर्क उत्पादन गर्छ । निन्जा जेडएक्स-१० आरको प्रतिस्पर्धा होन्डा सिबीआर-१००० आरआर फायरब्लेड, यमाहा आर-१, सुजुकी जिएक्स-१००० आर र बिएमडब्ल्युएस-१००० आरआरसँग हुने अनुमान गरिएको छ ।

