काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल र स्कुटर उत्पादन गर्न एकपछि अर्को स्टाटअप कम्पनीले काम गरिरहेका छन् । भारतमा सन् २०१८ पछि दर्जनौ ब्राण्डले इलेक्ट्रीक स्कुटर उत्पादनमा काम गर्दै आएका थिए । उनिहरुले बनाएका स्कुटरको ब्याट्री बम पड्के जसरी पड्न थालेका छन् ।
भारतीय बजारमा इलेक्ट्रीक स्कुटरको संख्या बढ्दै जान थालेसँगै एकपछि अर्को इलेक्ट्रीक स्कुटरहरुमा आगो लागेका घटना बाहिर आइरहेका छन् ।
यसअघि चलाउदा चलाउँदै र कार्गोमा नै आगो लागेका घटना बाहिर आएका थिए । यस पटक चार्जिङ कै क्रममा आगो लागेको घटना बाहिर आएको हो ।
मध्य प्रदेश भोपाल क्राइम ब्रान्चका हवल्दार राहुल गुरुले दुई महिना अघि खरिद गरेको काया कम्पनीको इलेक्ट्रीक स्कुटर घरमा नै चार्जिङको क्रममा ब्याट्री पड्केर आगो लागेको हो । आगो लागेको केही बेरमा नै स्कुटर जलेर नष्ट भएको थियो ।
हवल्दार राहुलले छोरीका लागि खरिद गरेको उक्त स्कुटर साँझको समयमा चार्जिङमा लगाएका थिए । पार्किङमा ठूलो आवाजमा स्कुटरको ब्याट्री पड्केको थियो ।
भारतमा १ महिनामा ७ भन्दा धेरै इलेक्ट्रीक स्कुटरमा आगो लागिसकेको छ । ती घटनामा एक जनाको मृत्यु भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।


