बोस्चले खोल्यो नेपालमा सम्पर्क कार्यालय

काठमाडौं । मोबिलिटी इकोसिस्टममा सेवा प्रदायक कम्पनी बोस्चले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय स्थापना गरेको छ । भारतमा सय वर्षभन्दा लामो ब्यवसयाीक विरासत बनाएको कम्पनीले नेपालमा पनि सशक्त उपस्थितिको लागि सम्पर्क कार्यालय खोलेको जनाएको छ ।

नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेका तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारीसाधन उद्योगमा माग उच्च बनाएका बेला बोस्चले नेपालमा नयाँ कदम उठाएको उल्लेख गरेको छ ।

नेपालमा बोस्चका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस्च रेक्सरोथ र बोस्च साइमेन्स होम अप्लाइन्सेस सेग्मन्टका वस्तु र सेवा प्रदानमा केन्द्रित हुनेछ ।

११ सर्भिस पार्टनर र २५ कर्मचारीको बलमा बोस्चले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यसाथ नेपालभरका हजारभन्दा बढी आउटलेटबाट ग्राहकलाई सेवा दिने जनाएको छ ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बोस्च लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस्च ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले भने, ‘संचालनको आकार विस्तार गर्ने अभियानमा रहेका हामी प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रशिद्ध मुलुक नेपालमा सेवा सुरु गर्ने पर्खाइमा छौं । बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयहरुका साथ सार्क मुलुकसँग सदैव सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको छ । नेपाल र बोस्च बीच पनि लामो साझेदारी विकासको प्रतिक्षा गर्दछौं ।’


Back_to_top