टीभीएस एनटर्क १२५ एक्सटी सार्वजनिक, यस्ता छन् नयाँ फिचर

काठमाडौं । टीभीएसको नयाँ भर्सन एनटर्क १२५ सार्वजनिक भएको छ । टीभीएसले एनटर्क १२५ एसटी भेरियन्ट भारतीय बजारमा सार्वजनिक गरेको हो ।

टीभीएस एनटर्क नेपालमा सर्वाधिक चल्तीको स्कुटर हो । १२५ सीसी सेग्मेन्टमा सर्वाधिक चर्चित यो स्कुटरलाई कम्पनीले विभिन्न भेरियन्टमा उपलब्ध गराएको छ । अब आउने एनटर्कको छैटौं भेरियन्ट हो ।

कम्पनीले निओन ग्रिन कलरमा एक्सटी भेरियन्ट सार्वजनिक गरेको हो । १ लाख ३ हजार एक्स सोरुम मूल्य निर्धारण गरिएको यो स्कुटरमा कम्नपीले विभिन्न अपडेटहरु दिएको छ । कम्पनीले यसको डिजिटल कन्सोललाई परिर्वतन गरेको छ । नयाँ कन्सोललाई दुई भाग विभाजन गरिएको छ । त्यस्तै यसमा उपलब्ध स्मार्ट कनेक्ट फिचरलाई अझै परिष्कृत गरेर ल्याएको छ । त्यसका साथै यसको अलाय ह्वील समेत परिर्वतन गरिएको छ ।

यसका अलावा कम्पनीले यसको इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन् ।

कम्पनीले अहिलेसम्म एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस, एनटर्क सुपर स्क्वाड र एनटर्क रेस एक्सपी भेरियन्ट विक्री वितरण हुँदै आएको छ । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा रेस एक्सपी भेरियन्ट केही दिन अघि मात्रै सार्वजनिक गरेको हो ।


Back_to_top