काठमाडौं । दुई पाङ्ग्रे सवारीसाधन निर्माता ‘किवे’ले नयाँ ‘एमबीपी एफ १२५’ नाममा नेकेड डिजाइनको मोटरसाइकल प्रदर्शनी गरेको छ । कम्पनीले देखाएको १२५ सीसीको यो मोटरसाइकल सेग्मेन्टकै सर्वाधिक शक्तिशाली इन्जिनमा तयार भएको हो ।
किवेको ‘एम५०२ एन’मा आधारित रहेर तयार पारिएको ‘एमबीपी एफ १२५’ निकै बोल्ड डिजाइनमा देखिएको छ । यसको इन्धन ट्याङ्की निकै मस्कुलर छ भने गोल्डन कलरको फ्रन्ट सस्पेन्सनले आक्रमक देखिएको छ । किवेले यसको सिट पनि निकै आकर्षक ढाँगले दिएको देखिन्छ ।
केटीएम ड्यूक १२५ भन्दा पनि पावरफुल इन्जिन यसमा पाउन सकिन्छ । यसमा रहेको १२४.९ सीसी क्षमताको लिक्वीड कुल्ड इन्जिनले १५.२ पीएस पावर र १०.८५ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
‘एमबीपी एफ १२५’को दुबै चक्कामा १७ इन्चको अलोय ह्वील दिइएको छ । साथै दुबै चक्कमा डिस्क ब्रेक पनि पाउन सकिन्छ । यसको अगाडि २४० एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ ।
किवेका उत्पादन नेपाली बजारमा केटीएम इन्टरनेशनल ट्रेडिङ कम्पनीले विक्री वितरण गर्दै आएको छ । भारतीय बजारमा समेत किवेका १२५ सीसीका मोटरसाइकल विक्री सुरु भएको कारण नेपाल पनि आउन सक्ने देखिन्छ ।


