टेस्लाको गुणस्तर खस्कियोः जेडी पावर

काठमाडौं । विश्वका अधिकांश धनाढ्यले लग्जरी इलेक्ट्रीक कारको रुपमा प्रयोग गर्दै आएको अमेरिकी ईभी कम्पनी टेस्लाको गुणस्तरमा जेडी पावरको रिपोर्टले गम्भीर प्रश्न उठाएको छ । ‘कन्जुमर रिसर्च एण्ड एनलाइटीक फर्म जेडी पावर’का अनुसार टेस्लाको प्रत्येक १०० वटा कारमा २२६ वटासम्म समस्याहरु रेकर्ड भएका छन् ।

विश्वव्यापी रुपमा रहेको ग्लोबल चीप सर्टेज र सप्लाई चेनमा रहेको समस्याका कारण विश्वभर उत्पादन भएका ईभीको क्वालीटीमा समस्या आएको हो । सन् २०२१ सँग तुलना गर्ने हो भने यस वर्ष ईभीमा आएका समस्याहरु ११ प्रतिशतले बढेको छ ।

अर्को अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्सले भने आफ्नो ईभीको क्वालीटीमा व्यापक सुधार ल्याउँदै ईभी उत्पादक कम्पनी मध्ये सबैभन्दा माथिल्लो स्तरमा पुग्न सफल भएको जेडी पावरको रिपोर्टमा उल्लेख छ ।

सबैजसो कारहरुको एड्भान्स ड्राइभिङ असिस्ट सिस्टममा समस्या देखिएको रिपोर्टमा उल्लेख गरिएको छ । ‘एडीएएस’को लेन डिपार्चर वानिङ, लेन किपिङ असिस्टमा धेरै समस्या रहेको गुनासा दर्ता भएका छन् ।

प्रिमियम ब्राण्डमध्ये सबैभन्दा उत्कृष्ट पफर्मेन्स हुन्डाई जेनेसीसको छ भने यसलाई लेक्सस र काडिल्याकले दोस्रो र तेस्रो स्थानमा पछ्याई रहेका छन् ।


Back_to_top