केजीपी एक्स्प्रेस हाइवेमा दुर्घटना ७ जनाको मृत्यु

केजीपी एक्स्प्रेस हाइवेमा दुर्घटना ७ जनाको मृत्यु 

काठमाडौं । कुन्डली-गाजियावाद-पलवल (केजीपी) एक्स्प्रेस हाइवेमा आज बिहान ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । 

पिकअपमा यात्रा गरिरहेका १४ जना यात्रु पंजावका एकै परिवारका रहेको भारतीय मिडिया जागरणले जनाएको छ । 

अघिल्लो महिनाको अन्तिम तिरमात्र संचालनमा आएको यो एक्स्प्रेस हाइवेको कुन्डली एरियामा सडक सिग्नल नहुँदा दिनहु दुर्घटना हुने गरेको जनाइएको छ । निकै सुरक्षित मानिने यस्ता एक्स्प्रेस हाईवे भारतमा भने खुलेको केहि दिनमा नै थुप्रै दुर्घटना निम्त्याइ सकेको छ । 


Back_to_top