तयार भयो टाटा टियागो ‘जीटीपी’, गर्ला बलेनोसँग प्रतिस्पर्धा ?

काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले २०१८ को अटो एक्सपोमा पर्फमेन्समा आधारीत टियागो र टिगोको नयाँ भर्सन सार्वजनिक गरेको थियो । 

टाटाले जयम अटोमोटिभ्ससँगको सहकार्यमा टियागो जीटीपी बनाएको हो । अहिले नयाँ कारको भारतीय सडकमा परिक्षण भइरहेको छ । 

नयाँ टाटा टियागो जीटीपीमा १.२ लिटर रिभोर्टन पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले ११० पीएस पावरमा ५००० आरपीएम र १५० एनएम टर्क दिन्छ । यो कारको मूल्य ७ लाख भारु हुने अनुमान गरिएको छ । 

टियागो जीटीपीमा डूवल फ्रन्ट एयरब्याग, एबीएस वीथ इबीडी, रेयर पार्किङ सेन्सरलगायत विशेषता समावेश हुनेछन् । 

टाटाको नयाँ टियागो जीटीपीले मारुती सुजुकीको बलेनो आरएस, फोर्डको फिगो स्पोर्टस र फक्सवागनको पोलो जीटी टीएसआइसँग प्रतिस्पर्धा गर्ने अनुमान छ ।


Back_to_top