कारेन्सबाट क्लाभिस बन्यो कियाको एमपीभी, बिहीबार लन्च हुने

काठमाडौं । किया इण्डियाले ७ सिट क्षमताको एमपीभी किया कारेन्सको नाम नै परिवर्तन गर्ने भएको छ । कम्पनीले कारेन्समा अपग्रेडसँगै नाम पनि परिवर्तन गरेर क्लाभिस राख्ने भएको हो ।

आगामी बिहीबारबाट बजारमा आउने नयाँ क्लाभिस फिचर लोडेड मल्टी प्रपस मोडल हुनेछ । कम्पनीले क्लाभिस नाम ल्याटिन शब्द लिएको हो । जसको साब्दिक अर्थ (कि) अर्थात् साँचो हो ।

कियाको क्लाभिस बोल्ड डिजाइनमा छ । नयाँ डिजाइनमा सार्प एलइडी लाइटिङ, नयाँ अलोय ह्वील, रि–डिजाइन गरिएको फ्रन्ट र रियर फेसिया छ ।

कियाले क्लाभिस प्रिमियम एमपीभी खोज्ने ग्राहकलाई लक्षित गरेर ल्याउन लागेको देखिन्छ । यसमा लेभल २ एडास फिचर, ३६० डिग्री क्यामरा, पानारोमिक सनरुफ, अपडेटेड ड्यासबोर्ड र सेन्टर कन्सोल, १०.२५ इन्चको ड्यूल स्कृन, भेन्टिलेटेड फ्रन्ट सिट दिएको छ । कुलिङ सिट, वायरलेस फोन चार्जर, एम्बीयन्ट लाइट र प्रिमियम अडियो सिस्टम क्लाभिसमा पाउन सकिन्छ ।

कम्पनीले यसमा सेल्टोसबाट इन्जिन लिएको छ । यसमा १.५ लिटर नेचुरल एस्पीरेटेड पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल तथा १.५ लिटरको डिजेल इन्जिन रहने छ । यी इन्जिनसँग आइएमटी, डीसीटी जस्ता अटोमेटीक ट्रास्मिसन रहनेछ ।


Back_to_top